सर्वगुणकारी घ्यूकुमारी

ताजा अपडेट स्वास्थ्य

सर्व गुणकारी घ्यूकुमारी

बैशाख २५, काठमाडौं । फ्ल्यास खबर

सर्व गुणकारी घ्यूकुमारीलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घ्यू कुमारीको जुस नियमित पिउने व्यक्ति स्वस्थ रहन्छ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । घ्यू कुमारीले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ । घ्यू कुमारीले गर्न सकिने औषधीउपचार –

१. आँखाको रोग आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

२. कानको रोग कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्कको रोग मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरो पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. जण्डीस, कमलपित्त भएमा जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. चिनी रोग ९डाइबेटिज० मा चिनी रोग ९डाइबेटिज० मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व ९चिनी० फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

८. टाउको दुखेमा टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

९. बच्चालाई कब्जिएत भएमा बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

१०. वाथ भएमा वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।

११. मर्केको, चोट लागेको र सुनिएकोमा मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१२. दाद आएमा दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् । कसरी बनाउन सकिन्छ घ्यूकुमारीको फेस प्याक रु जान्नुहोस –

मह – घ्यूकुमारी प्याक ताजा घ्यूकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो ९पेस्ट० बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् ।त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।

केरा – घ्यूकुमारी प्याक एउटा पाकेको केरालाई राम्रोसँग मिच्नुस् । यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस् ।यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई मसाज गर्नुस् र केही समयका लागि छाडिदिनुस् । त्यसपछि मनतातो पानीले धुनुस् । यो प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ ।

मसला बदाम – घ्यूकुमारी प्याक मसला बदामलाई राम्ररी पिँध्नुस् । यसमा दुई चम्चा घ्यूकुमारीको जेल हाल्नुस् । यसलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगाउनुस् ।करिब १५ मिनेटपछि राम्ररी धुनुहोस् । यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकालाई उपयोगी हुन्छ ।

कागती – घ्यूकुमारी प्याक अर्को एक प्रकारको उपयोगी प्याक घरमै बनाएर तपाईं प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि घ्युकुमारीको जेल तथा कागती चाहिन्छ । घ्यूकुमारीको जेलमा कागतीको रस मिलाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस् । बिस्तारै अनुहार चम्कन थाल्छ । यो हरेक प्रकारको छालाका लागि उपयोगी हुन्छ ।

बेसन – घ्यूकुमारी प्याक एक कचौरा घ्यूकुमारीको जेल निकाल्नुस् । यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिलाएर बाक्लो लेदो बनाउनुस् । यसलाई अनुहार र गर्दनमा हप्ताको दुईपटक लगाउनुस् ।केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ । यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ ।