रोयल बहुउद्देशीय सहकारीको नयाँ भवन छिट्टै बन्दै

अर्थ व्यापार ताजा अपडेट

रोयल बहुउद्देशीय सहकारीको नयाँ भवन छिट्टै बन्दै

जेष्ठ ९, काठमाडौं । फ्ल्यास खबर

रोयल बहुउद्देशीय सहकारी सस्थाले सबै शखामा आफ्नो भवन निमाणका लागि जग्गा खरिद गर्ने क्रममा दक्षिणकालीमा पनि जग्गा खरिद गरेको छ । जग्गा दक्षिणकाली नगरपालिका वडा नं ५ मा रहेको छ । जहाँ भवन निमाणको कार्य छिट्टै नै सुरु हुने छ । खुसी बाँडे खुसी बड्छ भन्ने कुरालाई आत्मसाथ गर्दै यो खुसीलाई यसै शाखाका शाखा प्रमुख देवेन्द्र चापागाँईको जन्म दिनको अवसर पारि २०७६ जेष्ठ ८ गते बुधवार फर्पिङ सेवा केन्द्रवाट शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाना खुवाई मनाईयो ।