कर्मचारीहरुलाई खुशीको खबर, तलव २० प्रतिशत बढ्ने, वृद्ध भत्ता पाँच सय बढ्दै
जेठ १३, काडमाडौं । फ्ल्यास खबर
काठमाडौं । आगामी वर्षको बजेट आउन अब केहि दिन मात्र बाँकी छ । बजेट प्रस्तुत हुने दिन नजिकिंदै गर्दा कर्मचारी वर्गमा तलव वृदि होला कि नहोला, भए कति तलव वृद्धि होला भन्ने चासो बढेको छ । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् ।
अर्थमन्त्रीसँगको छलफलमा उनीहरु कर्मचारीको तलव २० प्रतिशत बढाउन सहमत भएको अधिकारीले बताएका छन् । यस्तै नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचा अनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षा भत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो ।