दक्षिणकाली नगरमा काेराेनाबाट थप १ महिलाकाे मृत्यु, संक्रमितकाे संख्या १०७ पुग्याे

ताजा अपडेट समाचार

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ७० वर्षकी एक महिलाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

ती महिला नगरपालिकाकाे वडा नं ९ काे स्थनीय भएकाे नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

याे सँगै हालसम्म नगर क्षेत्रमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार पछिल्लाे २४ घण्टामा १३ जना नयाँ संक्रमित थपिएका छन् ।

७ जना पुरुष र ६ जना महिला गरि १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या १०७ पुगेकाे छ । जसमध्ये महिला ३९ जना र पुरुष ५५ जना छन् ।

नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ९५ जना होम आइसोलेसनमा छन् भने अस्पतालको आइसोलेसनमा १२ जना उपचाररत रहेकाे जानकारी दिनुभयाे ।

हालससम्म काेराेनाबाट १ जना जनप्रतिनिधि र २ जना महिला स्वास्थ्यकर्मी समेत संक्रमित बनेका छन् । यस्तै ४ जना संक्रमणमुक्त भइसकेका छन् ।

कुन वडामा कति छन् संक्रमित, कति निकाे ?