शिक्षक लाइसेन्सको परीक्षा असोज ९ गते देखि हुने
श्रावण २४, काठमाण्डौं । फ्ल्यास खबर
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुने छ । प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिने छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने छ ।