प्रचार नहुदा चौकट देवी ओझेलमा

ताजा अपडेट धार्मिक एवं साँस्कतिक

प्रचार नहुदा चौकट देवी ओझेलमा

बैशाख २१, काठमाडौं । फ्ल्यास खबर

इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको संगम क्षेत्रमा पर्ने हुमाने भञ्ज्याङमा रहेको चौकट देबी फर्पिङ बजार देखी करीब २५ मिनेट दक्षिण तर्फ पर्दछ । करीब २५ मिनेट दक्षिण तर्फ लागेपछि हुमाने भञ्ज्याङ पुगिन्छ , अनी त्यही भञ्ज्याङबाट अली माथि रमणिय धार्मिक क्षेत्र चौकोट देबी रहेको छ। डाँडाको टुप्पोमा अबस्थित यस मन्दिरमा बैशाख १ गते बिशेष भिड लाग्ने गर्दछ ।

मन्दिर बाट २० मिनेट वरै मोटर रोकेर उकालो उक्लेपछी पुगिन्छ चौकोट देबी मकवानपुर र काठमाडौलाई जोड्ने देबिको रुपमा समेत चिनिएको छ । यस देबीथानबाट फर्पिङ बजार लगायत मकवानपुरका ग्रामीण भाग अनी काठमाडौ उपत्यका र ललितपुरका केही भागको मनोरम दृश्य देखिन्छ । सुन्दर डाँडाकाडाको बिचमा अबस्थित यस क्षेत्र पर्यटकिय दृष्टिकोणले निकौ नै महत्वपूर्ण छ । धार्मिक तथा प्राकृतिक रुपले भरिपूर्ण यस क्षत्रमा पुर्वाधारको बिकास गर्न सके यो एउटा राम्रो पर्यटकिय स्थल बन्न सक्छ । यसको लागि नगरपालिका , सम्बन्धित निकाय र स्थानियको पनि उत्तिकै अग्रसरता हुनु जरुरी छ । आवश्यक प्रचार प्रसारको कमिले खासै चर्चामा न आएपनी यस क्षेत्रको सुन्दरताले जो कोहीको मन लोभ्याउने चाँही पक्का छ अझ प्रक्रिती प्रेमीका लागि यो एउटा उत्तम स्थल बन्न सक्छ । तसर्थ आन्तरिक पर्यटनमा टेवा दिन यस्ता क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक देखिन्छ ।