काठमाडाैं । काठमाडौंको केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा एनओसी लिने विद्यार्थीहरुको भीड बढेको छ ।
सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुको एनओसी लिन भिड बढेको हो ।
विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी लिनुपर्ने प्रावधान छ ।
विद्यार्थीले विदेश पढ्न जानअघि लिइने अनुमतिका पत्रका रुपमा एनओसीलाई लिइएको छ ।
एनओसी लिएपछि विदेशी मुद्रा साट्न पाउँछन् ।
त्यसैगरी विद्यार्थी भिसामा विदेश जान लागेका विद्यार्थीले विमानस्थल अध्यागमनमा अनिवार्य रुपमा एनओसी लिएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।
भिड बढेका कारण एनओसी लिन समस्या भएको र केहि दिन लाग्ने गरेको बिद्यार्थीहरुको गुनासो छ ।
उपत्यकामा दिनै कोरोना संक्रमितहरुको संख्या बढिरहेपनि सरकारकी कार्यालयहरुमा सामाजिक दूरी नअपनाइकन सेवा दिँदा कोरोना संक्रमणको जोखिम झन् बढेको छ ।