काठमाडौं । मेडिकल शिक्षामा सुधार र स्वास्थ्य क्षेत्रमा विभिन्न माग राख्दै १९औं पटक अनशनमा बस्नुभएका डा. गोविन्द केसीले अनशन तोड्नुभएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहनुभएका केसीले अस्पतालकै सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।
गएराति सरकारी वार्ताटोलीसँग ८ बुँदे समति भएपछि २८औं दिनमा केसीले अनशन तोड्नु सहमत हुनुभएको थियो।
डा. केसीले भदौ २९ गते जुम्लाबाट १९औं अनशन सुरु गर्नुभएको थियो ।