एकैदिन ५ हजार ८ जना संक्रमित थपिए, उपत्यकामै २६ सय ७२

स्वास्थ्य

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा ५ हजार ८ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सममेलनमा प्रवक्ता डा जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टामा १९,३२० पीसीआर परीक्षणको गरिएकाेमा काठमाडाैं उपत्यकाका २६ सय ७२ सहित देशभर ५ हजार ८ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएकाे हाे ।

यो संख्या एकैदिन थपिएका हालसम्मकै उच्च हो ।

गौतमले दिनुभएको जानकारी अनुसार काठमाडौंमा २१०० भक्तपुरमा २०३  र ललितपुरमा  ३६९ जना संक्रमित थपिएका हुन् ।

उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३०, ८१८   छ । जसमध्ये संस्थागत आइसोलेसनमा १३,६५४   र होम आइसोलेसनमा  १७,१६४ जना संक्रमित रहेका छन्।

हालसम्म कुल संक्रमितको संख्या १०,५६८४  पुगेको छ।

रहेको छ।

पछिल्लो २४ घण्टामा १२२९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेकाे संख्या ७४२५२ छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको  ६१४  संख्या  पुगेको छ ।