टिपीटोलबाट कमल पोखरी तथा कन्केश्वर महादेव जाने बाटो चौडा तथा पर्खाल निर्माण सम्पन्न
फागुन २५, काठमाडौं । फ्ल्यास् खबर
दक्षिणकाली नगरपालिकाको नगर स्तरीय योजनामा चालु आ.व. २०७५/७६ को बजेटबाट रू. ३ लाख विनियोजित रकमबाट दक्षिणकाली नगरपालिका वडा नं. ६ को टिपीटोलको मुल सडकवाट कमल पोखरी जाने इछें गल्लीको बाटोमा १३७ फिट लामो ढुङ्गाको पर्खाल लगाउने कार्य सम्पन्न भएको छ ।
यसै गरी द.न.पा वडा नं. ६ को वडा स्तरीय योजनाबाट आ.व. २०७५/७६ को बजेटबाट रू. ७ लाख विनियोजित रकमबाट दक्षिणकाली नगरपालिका वडा नं. ६ को टिपीटोलको मुल सडकवाट कमल पोखरी जाने शिछें गल्लीको बाटो चौडा गर्ने र ढुङ्गाको पर्खाल लगाउने कार्य भइहेको छ । यस कार्यमा स्थानीय बासिन्दा तथा टिपीटोल सुधार समितिको सकृयतामा बाटो निर्माण कार्यले गति लिएको हो । कमल पोखरी तथा कन्केश्वर महादेव तथा गणेश सरस्वती मन्दिर आसपास जाने छोटो दुरीको रुपमा रहेको बाटो चौडा भए पश्चात आवतजावतमा निकै सहज हुने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।