दिलिप के.सी, काठमाण्डौं । वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । उक्त जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवाला महानुभावहरु तथा उत्तरदाताहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ ।
जम्मा जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको कुल जनसङ्ख्या २६३७२ रहेको छ जसमध्ये पुरुष जनसङ्ख्या १२९५५ छ भने महिला जनसङ्ख्या १३४१७ छ । यस अनुसार लैंङ्गिक अनुपात ९६.५६ पुरुष प्रति १०० महिला रहेको छ ।
वडा अनुसार जनसङ्ख्या वितरण
राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकाली नगरपालिकाको जनसङ्ख्या घनत्व ६१८ रहेको छ भने नगर भित्र जम्मा ६४८९ घरधुरि छन् ।
साक्षरता दर
साक्षरता दर ८०.०% रहेको छ जसमा पुरुष साक्षरता दर ८८.७% छ भने महिला साक्षरता दर ७१.६% रहेको छ ।
अपाङ्गता भएका जनसङ्ख्या
दक्षिणकाली नगरपालिकामा जम्मा जनसङ्ख्याको २.५% मानिस अपाङ्ग रहेका छन् भने जम्मा २.३% महिला र २.८% पुरुष छन्।
विभिन्न प्रकारका अपाङ्गता भएको जनसङ्ख्या:
जन्म दर्ता
तथ्यांक हेर्दा नगरपालिका भित्र ६६% जन्म दर्ता भएको छ भने अझै ३४% को जन्म दर्ता नभएको पाईएको छ ।
वैवाहिक स्थिति
तथ्यांक हेर्दा नगरपालिकामा बिवाह नगरेका ३१.३%, बिवाह गरेको ६२.५%, विधवा/विधुर ५.५%, पारपाचुके गरेका ०.२% र छुट्टिएर बसेका ०.५% मानिस रहेका छन् ।
बिवाह गर्दाको उमेर
तलको चित्रले पहिलो बिवाह गर्दाको उमेर देखाउछ ।