२ दिने सिपमुलक डल, कुशन बनाउने तामिम सम्पन्न

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग समाचार

दिलिप के.सी, काठमाडौं । स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेड स्यूचाटार, काठमाण्डौं साखा द्दारा २०७९ साल पौस ६ र ७ गते सुमन आचार्यको संयोजकत्तोमा सिपमुलक डल कुशन बनाउने २ दिने तालिम दक्षिणकाली नगरपालिका वडा नं ७, शिखर हलमा सम्पन्न भएको छ ।

उक्त तालिममा संस्थाका २७ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक सुमन आचार्यका अनुसार स्वरोजगार लुधुबित्त वित्तय संस्था लिमिटेडले वार्षिक रुपमा ३ पटक यस्ता विभिन्न किसिमका सिपमुलक तालिमहरु संचालन गर्दै आएको बताउनु भयो । उहाँले आफ्ना सदस्य दिदि बहिनिहरुलाई चुला चौकामा मात्र सिमित नराखि स्वारोजगार बनाई आर्थिक रुपान्तरण गर्ने उदेश्यका साथ संस्था अगाडि बढेको बताउनु भयो । सिपमुलक तालिम मात्र नभई दिदि-बहिनिहरुले यसलाई व्यवसायिक रुपमा लाने सोचेका तर आर्थिक अभाब भएमा संस्थाले कर्जा उपलब्ध गराउने बताउनु भयो ।

तालिममा प्रमुख अतिथि बिनोद कार्किले संस्थाका देश भर रहेका ९१ वटै साखाहरु बाट यस्ता किसिमका सिप तथा आयमुलक तालिम सदस्य दिदि बहिनिहरुको माग अनुसार दिने गरेको बताउनु भयो । दक्षिणकाली मन्दिरमा देश भर बाट श्रद्दालु भक्तजनहरु आउने हुँदा बजार व्यबस्थापन गर्न सहज हुने भएकाले पनि यो तालिम यहाँ थप प्रभाबकारि हुने देखिएको बताउनु भयो ।

महिला सदस्यहरुकै माग अनुसार आएको उक्त तालिम लिन पाँउदा तालिममा उपस्थि सदस्य दिदि-बहिनिहरु हर्षित देखिएका थिए । स्वरोजगार भई फुर्सदको समयमा पनि कमाई गर्न पाउने हुँदा उहाँहरु थप उत्साहका साथ तालिम लिई रहेका थिए भने तालिम पश्चात यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन आँतुर देखिएका छन् ।