बिभोर क्यापिटल लि.को सहकार्यमा शेयर बजार सम्बन्धि बिशेष कार्यक्रम :
फागुन ०९, काठमाडौं । फ्ल्यास् खबर
वित्तीय क्षेत्र, वीमा, जल विद्युत लगायत विभिन्न आयोजनाहरुमा निर्धक्क भै लगानी गर्न र त्यसको प्रवर्द्धन गर्न सबैभन्दा पहिला हामीले शेयरको बारेमा जान्नै पर्ने हुन्छ । सबैको आर्थिक सहभागीता नभई नगर समृद्ध बन्न सक्दैन । त्यसैले आर्थिक सशक्तिकरण सहित समग्र विकासका लागि अपरिहार्य हुने व्यवसायिक शेयरबजार, यसको कार्यबिधी र हिस्साको महत्त्वबारे बिशेष कुराहरुको जानकारी पाउन यहि मिति २०७५ फागुन १२ गते, आईतबारका दिन अपरान्ह ठिक ३:०० बजे गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी लि.को आयोजनामा गौरीशंकर सभाहलमा बिभोर क्यापिटल लि.संग सहकार्य गरी शेयर बजार सम्बन्धि बिशेष कार्यक्रमको आयोजना हुदैछ । उक्त महत्त्वपूर्ण कार्यक्रममा सरिक भई अमूल्य ज्ञान हासिल गर्नु हुन जानकारी गराईन्छ ।