ऐतिहासिक बिराट नवाह ज्ञान महायज्ञ २०७६

ताजा अपडेट धार्मिक एवं साँस्कतिक शिक्षण संस्था समाचार

चैत्र १३,  काठमाडौं । फ्ल्यास् खबर

त्रिभुवन आदर्श” देशकै पहिलो आवाशिय बोर्डिङ बिद्यालय जसलाइ स्वर्गको बगैचा भनेर पनि चिनिन्छ; यो एक ईतिहास बोकेको बिद्यालय हो । देशकै गौरवमय र सर्बोच्च पद हाशिल गर्न सफल विद्यार्थी निकाल्ने बिद्यालय अझै उत्कृष्ट बन्न लागेको छ। शैक्षिक, धार्मिक तथा सांस्कृतिक महामहोत्सब एबमं ऐतिहासिक संगितमय, लिलामय बिराट धनधान्याचल बिराट नवाह ज्ञान महायज्ञ २०७६ बैशाख ३ गते देखि ११ गते सम्म त्रिभुवन आदर्श  माध्यामिक बिद्यालयले लगाउने भएको छ ।

प्राविधिक शिक्षाले विद्यार्थीलाइ आत्मनिर्भर बन्न थप टेवा पुर्‌याउने हुँदा त्रिभुवन आदर्श मा.वि. लाई प्राविधिक बिद्यालयका रुपमा स्थापना गर्न, उक्त पबित्र कार्यबाट उठेको रकम पुर्ण रुपमा बिद्यालयमा नै प्रयोग गरिने छ। विद्यालयको स्थर उन्नतिले सम्पुर्णलाई विभिन्न रूपमा सहज हुने हुँदा महायज्ञमा सक्दो सहयोग गर्न मुल समारोह समितिले सबैमा आवहान गरेको छ भने आफ्नो ठाँउमा हुन लागेको यस्तो महान कार्य सफल पार्न स्थानियको पुर्ण साथ र सहयोगको बिशेष अपेक्षा गरिएको छ।