अब विद्यार्थीले “डी” र “ई” ग्रेड ल्याए विषय शिक्षकनै हटाइने
चैत्र १७, काठमाडौं । फ्ल्यास् खबर
काठमाडौं । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थय समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफरिस गरेको हो । एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले “डी” र “ई” भन्दा कम ग्रेड ल्गाए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले “डी” र “ई” ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझवसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ । शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो । अध्ययन पछि संसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो ।