बालुवा खानिको भिरबाट खसेर एक युवकको मृत्यु

ताजा अपडेट समाचार

फ्ल्यास खबर , चैत्र १७

गए राती द. न. पा. ३ का २८ बर्षीय युवक श्याम बहादुर के.सी को द. न. पा. २ अबस्थित मुक्तिनाथ माइन्सको सन्चालनमा रहेको बालुवा खानीमा करिब २०० फिट अग्लो भिरबाट खसेर मृत्यु भएको छ । बिहानी पख खानीमा काम गर्न जाने क्रममा केहि कर्मचारीहरुले मृत शरिर देखि प्रहरिलाई खबर गरेका हुन। प्रहरी अनुसन्धानको क्रममा युवकको गए रातीनै मृत्यु भएको तथा मदिरा सेवन गरेकाले भिरबाट खसि मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । सोधपुछको क्रममा हिजो साँझ अन्तिम पटक करिब ७:१५ बजे मदिरा सेवन गरि बाटोमा हिडिरहेको अबस्थामा खानीमै काम गर्ने केहि ब्यक्तिले  भेटेको बताएका छन् । थप अनुसन्धान तथा पाेष्टमार्टमको लागि मृत शरिरलाइ टिचिङ अस्पतालमा लागि लगिएको छ । स्वयमं भिरबाट खसेको हो वा खसालिएकाे हो भन्ने पुर्ण रुपमा पुस्टि नभएकोले अनुसन्धान क्रम जारि छ ।