नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।
फागुन २५, काठमाडौं । फ्ल्यास् खबर
मिति २०७५ फागुन २४ गते तदनुसार २०१९ मार्च ८ गतेका दिन विश्वभर १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको अवसरमा दक्षिण्काली नगरपालिकाको आयोजनामा वडा नं. ५ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा महिलाका हक हितका लागि महिला उत्थान कार्यक्रम सञ्चालन भएको थियो । महिला हितको लागि सम्पन्न भएको नगर स्तरीय कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपमेयर श्री बसन्ती तामाङ (डंगोल) उपस्थित हुनुभएको थियो भने अभिभावकत्त्व ग्रहण दक्षिणकाली नगरपालिकाका मेयर श्री मोहन बस्नेतज्युले गर्नु भएको हो । नगर प्रमुख मोहन बस्नेतज्युद्वारा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको हो ।
यस बर्ष “लैँगिक समानताका लागी समान सोच र व्यबहार, समृद्धिको आधार” भन्ने मूल राष्ट्रिय नाराका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले महिलाहरुको आर्थिक उन्नती एवं बिकासको लागि स्वरोजगार कार्यक्रम अन्तर्गत मिनि गार्मेन्ट (सिलाई मेसिन) बितरण कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा मेयरद्वारा सारा वाईबा, सिता कुमारी श्रेष्ठ, विना श्रेष्ठ, गायत्री जस्ता महिलाहरुलाई सम्मान गरी ठेलागाडा समेत बितरण गर्नु भएको थियो । महिलाहरुको हक अधिकारको लागि नारी पुरुष एक भई लाग्नु पर्ने कुरामा समाजसेवी मिरा आर्चाय, शिक्षिका तारा बुढाथोकी, महिला सञ्जालकी लिला बस्नेत आदिले मन्तव्य दिनु भयो । लैगिंक समानताको लागि समान सोच र ब्यवहार समृद्धिको आधार भन्ने नारा अनुसार संकल्प गर्दै अघि बढ्नु पर्ने बक्ताहरुको जोड रहेको थियो ।