१०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
फागुन २५, काठमाडौं । फ्ल्यास् खबर
विश्वका श्रमजीवि महिलाहरुले अधिकार प्राप्तिका लागी शुरु गरेको महिला मुक्ति आन्दोलनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनउँदै आएका थियौं । महिला मुक्ति राजनीतिक तथा सामाजिक रुपान्तरणबाट मात्र सम्भव छ भनि अधिकार प्राप्तिको विषयलाई केन्द्र भागमा राखी विगतमा मनाएको श्रमिक महिला दिवस यस बर्ष “लैँगिक समानताका लागी समान सोच र व्यबहार, समृद्धिको आधार” भन्ने मूल राष्ट्रिय नाराका साथ मनाई रहेका छौँ ।
हामी नेपाली महिलाहरुले नयाँ संविधान प्राप्ती सँग-सँगै मौलिक हकका रुपमा संविधानमा नै अधिकार प्राप्त गरेका छौँ । यसरी नै निर्णायक तहमा निर्वाचित महिलाहरुको संख्या पनि सन्तोषजनक रहेको पाईन्छ । तर पनि नेपाली महिलाहरुको अबस्थामा उल्लेख्य सुधार आउन सकेको छैन । हामी राजनीतिक स्थिरता पछि समृद्धिको अभियानमा अघि बढी रहेका छौँ । राष्ट्र निर्माणका लागि महिला मै सोच र महिला मै विकास अनिवार्य शर्त हो । अतः १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला लैँगिक समानताका लागि समान सोच र ब्यबहारका साथ अघि बढ्ने संकल्प गर्दै अघि बढ्नु पर्ने देखिन्छ ।