लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न

ताजा अपडेट समाचार

लायन्स क्लव अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न :

फागुन २६,  काठमाडौं । फ्ल्यास् खबर

सन् १९१६ मा सिकागो, इल्लिनोइस् मा मेल्विन् जोनेस्‌द्वारा लायन्स क्लवको रुपमा स्थापना भएको यस संस्था नेपालमा पहिलो पटक पूर्व प्रधानमन्त्री लायन मात्रिका प्रसाद कोइरलाद्वारा सन् १९७१ मा लायन्स क्लव अफ् बिराटनगरको नाममा  स्थापना गरिएको थियो । यो क्लव बिश्वव्यापी अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यो फर्पिङमा सामाजिक कार्यहरु गर्ने उद्देश्यले आठ महिना अगाडि लायन्स क्लव अफ काठमाडौं, पद्मसम्भव दक्षिणकाली स्थापना भएको हो । मिति २०७५ फागुन २४ गते शुक्रवारका दिन दक्षिणकाली पार्टी प्यालेसमा लायन्स क्लव अफ कमठमाडौं, पद्मसम्भव दक्षिणकालीको इन्डक्सन, इनस्टलेसन र चार्टर प्रिजेन्टेसन कार्यक्रम सम्पन्न भएको थियो ।

यस कार्यक्रममा संघीय संसदका माननीय सांसद राजेन्द्र कुमार के.सी. र ३ नं. प्रदेशसभा सदस्य माननीय पुकार महर्जन बिशिष्ट अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । यसै गरी दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ (डंगोल), वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न क्लव, सामाजिक संध-संस्थाहरुका प्रतिनिधिहरु, सहकारीका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनु भएका थियो । सो कार्यक्रममा विभिन्न क्षेत्रका लायन्स क्लवका सदस्यहरु पनि अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । डिस्ट्रिक गभर्नर (३२५ए२) सुदर्शन धर प्रधानाङ्गले मन, बचन र कर्म देखि निष्ठा पूर्वक लाग्ने र आफ्नो पदिय जिम्मेवारी निष्ठा पूर्वक पुरा गर्न शपथ खुवानु भएका थियो । ३७ जना चाटर्ड सदस्य रहेका यस क्लवको अध्यक्ष नरेस श्रेष्ठ हुन् । रमेश आचार्य (पहिलो भाइस प्रेसिडेन्ट), रामकुमार कायस्थ (दोश्रो भाइस प्रेसिडेन्ट), बिबेका दवाडी (कोषाध्यक्ष), दिनेस आचार्य सचिव रहेको यस क्लवले हाल सम्म दक्षिणकाली मन्दिर परिसरमा सरसफाई, श्री पञ्चकन्या मा.वि. द.न.पा वडा नं. – ८ (छैमले) मा जाडो मौसममा ३०० जना विद्यार्थीहरुको लागि स्वीटर र टोपी बितरण, क्लवकै पहलमा सोही विद्यालयमा पुस्तकालय र कम्प्युटर कक्षाको निर्माण भई रहेको छ ।

बिभिन्न स्थानमा वृक्षरोपण, रक्तदान कार्यक्रम जस्तो सामाजिक कार्यहरु यस क्लबले गर्दै आएको छ । क्लवले दक्षिणकाली मन्दिर परिसरमा लायन्स क्लव अफ काठमाडौं, नयाँ बानेश्वर, लायन्स क्लव अफ काठमाडौं, समृद्धि र अन्य लायन्स क्लवहरुको अग्रसरतामा लायन्स पार्क निर्माण गर्दै छ । हाल सम्म स्टिलको रेलिङ्ग, लायन्स क्लवको प्रतिक सिंहको प्रतिमा राखी सकेको छ भने अन्य कार्यहरु हुदै छन् । अध्यक्ष नरेस श्रेष्ठले आगामी दिनहरुमा पनि क्लवले विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिदै बिभिन्न क्लव ,सामाजिक संघसंस्था,  कार्यालयसंग पनि सहकार्य गर्ने बताउनु भयो ।