सहयोगी हातहरुलाई स्वागत तथा सत्कार

ताजा अपडेट शिक्षण संस्था शिक्षा

सहयोगी हातहरुलाई स्वागत तथा सत्कार

चैत्र १,  काठमाडौं । फ्ल्यास् खबर

सहयोगी हातहरुको सदैव प्रोत्साहन तथा प्रशंसा गर्नुपर्छ भन्ने उद्देश्यका साथ भञ्ज्याङ पावरहाउस अवस्थित सेतिदेवी माध्यमिक विद्यालयमा आयोजित स्वागत कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने Schule For Pharping को टिमलाई स्थानीय बाजाका साथ स्वागत तथा सम्मान गरिएको छ। विद्यालय भ्रमणमा जर्मनीबाट आएको उक्त टिमलाई सांस्कृतिक नृत्यको प्रस्तुतिका साथ मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गरिएको छ।

उक्त टिमले सेतिदेवी मा. वि. मा तथा विद्यालयबाट अध्ययन गर्ने कुल १६ छात्र छात्राहरुलाइ अध्ययन गर्न आर्थिक सहयोग गरेको छ। विद्यालयको पाठशाला र प्रयोगात्मक कृषि अध्ययनमा पनि सहयोग गरेको टिमले विद्यालयमा अङ्ग्रेजी र विज्ञान पठाउने दुई शिक्षकको आर्थिक भार पनि ब्यहोरी थप सहयोग गरेको छ। सन्‌ २००८ मार्च ३ बाट विद्यालयलाई सहयोग गर्न थालेको टिमले अहिले ११ लाख बराबर ४.५ किलोवाट क्षमता भएको सोलारको पनि ब्यवस्था गरेको छ भने आउने शैक्षिक सत्रबाट कक्षा ५ सम्मका विद्यार्थीलाई खाजाको पनि ब्यवस्था गराउने निर्णय गरेका कुरा विद्यालयका प्रधानाध्यापक ज्यु बताउनु हुन्छ। टिमका प्रमुख अन्ड्रेयज लिचटेपले पनि आवश्यक खण्डमा विद्यालयलाइ स्कुल बसको समेत ब्यवस्था गरिदिने प्रतिवद्धता गर्दै थप सहयोगको रुपमा २००० युरोको चेक हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नगर प्रमुख मोहन बस्नेत ज्युले पनि सम्पुर्ण टिमलाइ धन्यवाद ज्ञापन गर्दै उनिहरुलाई प्रोत्साहन गरेका छन यस्ता सहयोगी हातहरुलाइ सदैव सम्मान गर्नुपर्ने कुरा व्यक्त गरेका छन ।