फर्पिङ हरिशंकर जात्राको पहिलो दिन

ताजा अपडेट धार्मिक एवं साँस्कतिक विविध

फर्पिङ हरिशंकर जात्राको पहिलो दिन

भाद्र २५, काठमाण्डौं । फ्ल्यास खबर

भाद्र शुक्ल द्वादशीको दिन वाट फर्पिङ हरिशंकर जात्राको शुरुवात हुने गर्दछ । यस दिन फर्पिङ स्थित झम्केश्वरी मन्दिर भित्र जात्रामा विग्न वाधा नआओस र ३३ कोटी देवि देवता लाई निमन्त्रणा स्वरुप झम्केश्वरी देवी तथा ३३ कोटी देवि देवताको पुजा गरिन्छ । यस दिनलाई झैशु पुजा(झम्केश्वरी पुजा) भनिन्छ ।
यस पुजामा थकु जुजु (मल्ल राजा) यजमान भई दक्षिणकाली मन्दिर पुजारी र गोपालेश्वर रथ पुजारी (कर्माचार्य) पुरोहित भई तान्त्रिक बिधि अनुसार वोका वली चढाई १८ जना गुठीयार वसि शक्तिको पुजा गरिन्छ । शेषनारायण पुजारी (राजोपाध्याय) ले देव आर्शिवाद दिई चण्डी पाठ गरिन्छ । पुजा सम्पन्न भएपछि त्यहाँको प्रसाद भातको वली सात टोलको देवि देवतालाई चढाईन्छ । यस पुजाका साथ फर्पिङ हरिशंकर जात्राको अ‍ौपचारिक शरुवात हुन्छ।