होली विशेष कार्यक्रम “होली ल्याण्ड – २०७५“ मा झुम्दै:
चैत्र ६, काठमाडौं । फ्ल्यास् खबर
असत्यमाथि सत्यको जीत, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने होली पर्व उत्साहका साथ मनाएका छन । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुसी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो । होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागु पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरु हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसरागलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
होली पर्वको अवसरमा फर्पिङ फुटबल चौरमा दक्षिणकाली परोपकार युवा क्लब र AMA EVENT दरबार मार्गको संयुक्त आयोजनामा TUBORG BEER को प्रायोजनमा मिति २०७५ चैत्र ६ गतेका दिन होली विशेष कार्यक्रम होली ल्याण्ड – २०७५ (MADDEST COLOR FESTIVAL) भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा अभिनास घिसिङले आफ्नो गीत प्रस्तुत गरी कार्यक्रमको थालनी भएको थियो ।
स्रेया सोताङले आफ्नो चर्चित गीत “यो छोरीको रुपै राम्रो“ र “सुस्तरी“ गाना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको बिचमा डि.जे.हरु सागर, वाङ्चु, सन्तोस र रबिनको उत्कृष्ट डि.जे. प्रस्तुत भएको थियो । सो Event को Officialy Photography : Momentography रहेको थियो भने Media Partner : Flashkhabar.com रहेको थियो ।