स्मार्ट बत्तियुक्त गाउँ बनाउदै उज्यालो डोल्लु गाउँ :
चैत्र ५, काठमाडौं । फ्ल्यास् खबर
उज्यालो डोल्लु सबैको शान, आत्मसन्तुष्टि हाम्रो अभियान भन्ने मूल नाराका साथ उज्यालो डोल्लु अभियानको थालनी भएको छ । रात्रीकालिन सडक बत्तिको आवश्यकतालाई मनन गरी स्थानीय स्तरमा सहभागिता जुटाउँदै अनि सहकार्य गर्दै समाजमा अपराधिक गतिविधि, सामाजिक विसङ्गती न्यूनिकरण गर्ने उद्देश्यका साथ यो अभियान थालिएको छ । “स्मार्ट बत्तियुक्त गाउँ” बनाउने लक्ष्य लिई उज्यालो डोल्लु अभियानलाई मूर्त रुप दिन आफै आफै सहयोग संकलन गरी कार्य अगाडि बढाएको कुरा यस अभियानमा संलग्न व्यक्तिले फ्ल्यास खबरलाई जानकारी दिनु भएको छ । साथै सुरुमा स्विचबाट नै बत्ती बल्ने र निभ्ने बनाएको मा अब स्मार्ट बत्ती बनाउने अभिप्रायले सबै बत्तिमा क्रमैसंग सेन्सर जडान गर्न लागिएको समेत जानकारी गराउनु भयो । बोल्ने ओठहरू भन्दा कर्म गर्ने हात महान हुन्छन् भने झैं हरेक टोल, बस्ती तथा गाउँहरुबाट यस अभियानलाई आत्मसाथ गरी आ-आफ्नो गाउँ टोल उज्यालो बनाई समग्र नगर “स्मार्ट बत्तियुक्त नगर” बन्न सकोस भन्ने समेत अभियान्ताहरुको धारणा रहेको छ । हाल यहि अभियानबाट प्रभावित भई सतिखेलमा पनि यो कार्यको सुरुवात भएको छ ।