युवा सोरोजगारका लागि नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन

ताजा अपडेट बिज्ञापन

युवा सेरोजगारका लागि नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन

बैशाख ३१, काठमाडौं । फ्ल्यास खबर

यस दक्षिणकाली नगरपालिकाद्वारा नगर स्तरिय युवा सोरोजगार कार्यक्रम अन्तरगत यस नगरपालिका भित्रका युवाहरुकका लागि सोरोजगार हुन लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिरहेको हुदाँ उक्त कक्षामा सम्लंग्न हुने सहभागी छनोट गर्नुपर्ने भएकाले त्यस वडाको वडा समिति र वडा स्तरिय महिला समन्वय समितिसँगको समन्वयमा ४ जना सहभागीहरु (कम्तीमा ३ जना महिलाहरु) छनोट गरी सहभागिहरुको नामावली, सम्पर्क नम्बर, नागरिकताको फोटोकपि मिति २०७६-०२-०२ गते भित्र उपलब्ध गराईदिनु हुन अनुरोध गरिन्छ ।

सहभागिको मापदण्डहरु

–दक्षिाणकाली नगरपालिकामा स्थायी बसोबास गरेको हुनु पर्नेछ,

–नेपाली नागरिकता प्राप्त गरेकोे हुनु पर्नेछ,

–महिलाको हकमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ,

–पुरुषको हकमा १८ बर्ष पुरा भई ३० बर्ष ननाघेको हुनु पर्नेछ,

–कक्षा १२ उत्तीर्ण भएको हुनु पर्नेछ,

–नियमित रुपमा हाजीरी भई प्ररिक्षणमा सहभागी हुन सक्ने सहभागी छनोट गर्नु पर्नेछ।