२०७७ साउन ६ गते परेको भारी बर्षाको कारण आएको बाढि र पहिरोले भौतिक र मानबिय क्षति हुन नदिन दक्षीणकाली नगरपालिकाकी उप-मेयर बसन्ति डङ्गोल तामाङ ज्युले समपुर्ण नगर बासी लाई सजक र सुरक्षित हुन आग्रहको साथै यस्तो बिसम् परिस्थितिमा / आपतकालिन समयमा एक-अर्कालाई पुर्ण सहयोग र हातेमालो गरि अघि बढ्न आह्वान गर्नुभएका छन्।
यस्तो अबस्थामा के गर्ने र के नगर्ने:
बाढी जोखिमबाट बच्ने र बचाउने उपायहरु
आफ्नो घर वरपर चेक जाँच गरि सुरक्षित छ कि छैन हेर्ने । नदि र वरपर बाढीको सतह र अवस्थाको बारेमा नियमित जानकारी लिने गरौं । मोवाईल फोन नियमित चार्ज गरेर राखौं । रेडियो र टेलिभिजनबाट आउने बर्षा र बाढी सम्बन्धि खबर / सन्देश ध्यान दिएर सुनौं । महत्वपूर्ण कागजपत्रहरु भएको झोला, सुख्खा खानेकुरा, पकाएर खाने खाद्यान्न, बालबालिका, अपाङ्गता भएका व्यक्ति वृद्धवृद्धाहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई तयारी अवस्थामा राखौं । बालबालिका,अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धाहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई लिएर सुरक्षित स्थल तर्फ जाऔं । पशुपंक्षिलाई पनि सुरक्षित स्थानमा लैजाऔं । फोटो लिन, भिडियो बनाउन वा हेर्नको लागि जोखिम पुर्ण स्थानको छेउछाउ नजाने ।
बाढी जोखिमबाट बच्ने र बचाउने उपायहरु पूर्वतयारीको लागि
नजिकको सुरक्षा निकायको सम्पर्क फोन नम्बरहरु सुरक्षित गरौ । आफ्नो समुदाय नजिक रहेको नदीको नियमित अवलोकन/अनुगमन गरौं । बर्षाको समयमा अवलोकनलाई निरन्तरता दिऔं । उद्धारको लागि डुङ्गा, लाईफ ज्याकेट, डोरी, रवर ट्यूव र अन्य आवश्यक उद्दार सामाग्रीहरु तयारी अवस्थामा राखौं । बाढी तथा अन्य आपत्कालिन्अवस्थामा सहयोग माग्न सम्पर्कको लागि एम्बुलेन्स, सुरक्षा निकाय र अन्य सहयोगी कार्यालयहरुको फोन नम्बरहरुको सूचि बनाऔं ।
बाढी जोखिमबाट बच्ने र बचाउने उपायहरु विस्थापित भई सुरक्षित स्थलमा भएको बेला
सुत्केरी, गर्भवति महिला, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका र बृद्धबृद्धाहरुको आवश्यक सुरक्षा र सहयोग गरौं । स्वस्थ खानेकुराहरु, शुद्ध पिउने पानीको प्रवन्ध मिलाऔं । पानी शुद्ध बनाउने ट्यावलेट वा झोल पदार्थको व्यवस्थित प्रयोग गरौं । सरसफाई सुनिश्चितगरौं । पशुचौपयाको बन्दोबस्ती मिलाऔं । आपत्कालिन सहयोगको लागि सम्बन्धित निकाय/कार्यालयहरुसँग नियमित सम्पर्क गरौं । एकआपसमा सहयोग गर्ने वातावरण बनाई राखौं ।