लोकसेवाको विज्ञापनविरुद्ध उत्रिएकासँग प्रहरीको झडप
श्रावण २६, काठमाडौं । फ्श्रयास खबर
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ । काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्। यता लोकसेवाले भने परीक्षा लिइरहेको छ । यो सूचना थाहा खबरवाट लिईएको हो ।