खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू

ताजा अपडेट स्वास्थ्य

खाली पेटमा चिया पिउँदा हुने नकारात्मक असरहरू

भाद २५, काठमाण्डौं । फ्लयास खबर

बिहान उठ्ने बित्तिकै मानिसहरुले आफ्नो दिनको सुरुवात चियाबाटै गर्ने गर्छन् । चिया पिउन समय नचाहिने भएकाले कोही बिहान तथा दिउँसो चिया पिउने गर्छन् । मानिसहरुले धेरैजसो कालो चिया, दूध हालेको चिया, अदूवा चिया वा ग्रीन टीको प्रयोग गर्ने गर्छन् । तर, बिहान उठ्ने बित्तिकै चिया पिउँदा शरीरमा असर पर्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा पेटमा ग्यास भरिन गइ एसीडीटी हुन्छ । खाली पेटमा तातो चियाको सेवनले पेटमा एसीडीटी पैदा गर्नुका साथै पाचक रसहरुलाई असर पुर्याउने गर्छ । चिया धेरै उमालेर पिउने बानी छ भने यसले स्वास्थको लागि नकारात्मक असर पुर्याइरहेको हुन्छ । चिया धेरै उमाल्दा क्याफिनको मात्रा धेरै हुन जान्छ जसले गर्दा पेटमा असर देखा पर्न थाल्छ । खाली पेटमा चियाको सेवन गर्दा भोक हराउने गर्छ । भोक कम लाग्दा शरीरले चाहिएजति पोषण पाउन सक्दैन । यस कारण पेट पोल्ने, उल्टी हुने, ग्यास्ट्रिक, अमिलो पानी आउने, शरीरभरि हुने जस्ता समस्याहरु निम्तिन सक्छ । खाली पेट तातो चिया पिउँदा ग्यास्ट्रिक तथा अल्सरको समस्या पनि बढ्दै जान्छ ।

एक नयाँ रिपोर्टका अनुसार बिहान खाली पेट चिया पिउनेहरुमा क्यान्सरको जोखिम दुई गुणाले वृद्धि हुने उल्लेख गरिएको छ । एक दुई दिन यस्तो गर्दा भने ठूलो असर देखा पर्दैन । तर, लगातार खाली पेटमा तातो चियाको सेवनले शरीरमा निकै बेफाइदा पुर्याईरहेको हुन्छ ।खाली पेट दूध चिया पिउनाले शरीरलाई थकान महसूस गराउँछ । दूध हालेको चियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या धेरै रहेको देख्न सकिन्छ । कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर र्पुयाउने हुँदा चिया पिउनुभन्दा खालि पानी पिउनु जरुरि देखिन्छ । निकै तातो चिया पिउँदा मुख पोल्ने, मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढ्न सक्छ । खाना खाने बित्तिकै पनि चिया पिउने गर्नु हुँदैन । चियामा भएको टेनिनले शरीरमा भएको आइरनसँग रियाक्ट गरेर शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्ने क्षमता हुन्छ । यसैले चियाको सट्टामा पानी पिउनु शरीरका लागि फाइदाजनक हुनसक्छ ।