समयमै ध्यान नदिए जोखिम
भाद्र ४, काठमाण्डौं । फ्ल्यास खबर
बल्खु दक्षिणकालि सडक खण्ड यसै त बन्न धेरै नै ढिला सुस्ति भईरहेको छ । कहिले सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसक्नाले त कहिले ठेकदार र सम्बन्धित निकायको लापरवाहि र बर्खाको समयमा निर्माण कार्य सुरु गर्नाले सडक निर्माण कार्यमा बाधा अवरो आईरहेको देखिन्छ । ढिला सुस्ति र बर्खाले ल्याएको हिलो र धुलोको कारण दुख खेप्नु परेको त छदै छ । कुनै ठाउँमा सडक निर्माण भइ भत्कि पनि सकेको अबस्था छ भने कुनै ठाउँमा निर्माण समपन्न नै भएको छैन । पिच भई सकेको वाटो पनि अहिले कच्चि जस्ते भईसकेको छ । निर्माण भई सकेको सडकको संरक्षणको अब कस्को जिम्मा? जिम्मेवार निकाय लाई घचघचाउने र ध्यानाकर्षण गराउने कस्ले? के स्थानिए बासिन्दाले कहिले बाटो त कहिले यातायातको सास्ति भोगि रहन पर्ने हो त?
यस्तै दक्ष्णिकाली मन्दिर नजिकको सडक मुनि पहिरो गई धरासए अबस्थामा सडकमा गरिएको ढलान मात्र बाँकी रहेको धेरै लामो समय भई सक्दा पनि कसैको ध्यान गएको देखिदैन । के दुर्घटना भए पछि मात्र सम्बन्धित निकायको ध्यान जाने हो ? समयमै ध्यान नदिए र त्यसको समाधान नगरे भबिस्यमा भै परि आएको समस्या र दुर्घटनाको जिम्मेबारि कस्ले लिने?