तीतो नीमका मिठो फाइदाहरू

ताजा अपडेट स्वास्थ्य
तीतो नीमका मिठो फाइदाहरू
भाद्र ९, काठमाण्डौं । फ्ल्यास खबर
नीम एउटा आयुर्वेदिक औषधीय गुण भएको रूख हो । नीम शरीर, छाला, कपाल तथा स्वास्थ्यको लागि निकै फाइदाजनक छ । तीतो स्वादले गर्दा धेरैजसो व्यक्तिहरुले यसको सेवन गर्न मन पराउँदैनन् । तर, नीममा भएको सबै गुणहरु सजिलै पाउनका लागि यसको रस सेवन गरेर धेरै गुणहरुको फाइदा लिन सकिन्छ । आयुर्वेदका अनुसार नीमको पातले गम्भीर समस्यालाई पनि समाधान गर्न सहयोग पुर्याउँछ ।
नीमको पातको रस पिउँदा दुषित खाना वा अन्य कारण पेटमा हुने ब्याक्टेरियाको संक्रमणबाट बचाउनुका साथै दुखाइबाट राहत दिन्छ । नीमले दाँत सम्बन्धी सबै समस्याबाट मुक्त गराउने हुँदा आजकल बजारमा नीम भएको दन्तमञ्जनहरु प्रशस्त पाइन्छ । नीमको ताजा पातको रस निकालेर २–२ थोपा नाकमा हालेमा शितलता प्रदान भइ टाउको अनि कपाल दुखेको निको हुनुका साथै कानमा हाले कान दुखेको, घाउ भएको समेत निको हुन्छ । नीमको पातमा भाईरलबाट बचाउने गुण भएको कारणले यसको रसको सेवनले विभिन्न किसिमको भाइरलबाट छुटकारा दिन्छ । नीमको पातलाई दादको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । निमको पात दहीसँग पिसेर लगाउँदा अनुहारमा भएको संक्रमण र छालामा हुने कुनै पनि संक्रमणबाट यसले छुटकारा दिलाउन मद्दत गर्छ । नीमको पात हालेर उमालिएको पानीले नुहाउने गरेमा छालाका रोगीलाई निकै लाभ प्राप्त हुन सक्छ ।
निमको सेवनले रगतबाट फोहोर पदार्थलाई निस्कासन गरेर रक्त शुद्धिमा मद्दत गर्छ र ज्वरोबाट राहत दिलाउछ । नीमको प्रयोग चिन्ता तथा तनाव घटाउन पनि गर्न सकिन्छ । नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ । नीमको जूसले पाचन क्रियालाई सक्रिय गरेर मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ । निमको सुकेको पातलाई अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन । निमको सुकेको पातलाई जलाउने गर्दा लामखुट्टे तथा अन्य जीव टाढा भाग्नुका साथै निद्रा पनि राम्रो लाग्ने गर्छ ।