सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानब बेचबिखन सम्बन्धि संवाद

ताजा अपडेट ब्रेकिंग शिक्षा समाचार

काठमाडौं । शक्ति समुहले यही श्रावण १५ गते आइतबार १ दिने बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरेको छ । समुहकी बाल अधिकार सञ्चारकर्ता स्वेच्छा पौडेलको पहलमा दक्षिणकाली नगरपालिका वडा न. ३ मा रहेको सेतिदेवी विद्यालयमा बाल अधिकार तथा मानव बेचबिखन सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

शक्ति समुहकी परियोजना अधिकृत नानु तामाङ्ले कार्यक्रमको विषयवस्तुबारे  प्रष्ट पार्दै शक्ति समुहले गरिरहेका कामबारे अवगत गराउनुभयो । उहाँले मानब बेचबिखनमा सरकारके अनुमति बिना सञ्चालनमा रहेका बालगृह पनि उच्च जाखिमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य तथा ५ नं वडा अध्यक्ष श्यामबहादुर खत्रीले वडा कार्यालयमा आमा-बुबा हुँदा हुदै पनि आफ्नो आर्थिक अवस्था कमजोर भएकोले बालगृहमा राख्न आमा-बुबा बिहिन भएको सिफारिस बनाईदिन तारन्तार आईरहने बताउदै उक्त कार्यक्रमले नेपालको कानुनमा के-कस्ता प्रावधान रहेको छ सो प्रष्ट भएको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय फर्पिङका प्रमुख प्रहरी निरीक्षक गणेश सापकोटाले दक्षिणकाली नगरपालिकामा भने हालसम्म बाल अधिकार सम्बन्धि कुनैपनि उजुरी नपरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेतले उक्त कार्यक्रमले बालबालिकाबीच आफ्नो अधिकार र मानब बेचबिखनबारे बुझ्ने अवसर प्रदान गरेके मा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता जनचेतनामूलक कार्यक्रम विद्यालयहरूमा बेला-बेला आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

दक्षिणकाली ३ का वडा अध्यक्ष प्रचण्डमान सिहं बस्नेतले बालबालिकाहरु भविष्यका कर्णधार भएको स्मरण गराउँदै उनिहरुको हक अधिकार सुरक्षित गर्न स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा ३ नं वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, ईलाका प्रहरी कार्यलाय प्रमुख, विद्यालयका प्रधानाध्यापक, मेलमिलाप समितिका सदस्य, महिला तथा आमा समुहका प्रतिनिधी, विद्यालय बाल क्लब संयोजक तथा विद्यालयका छात्र-छात्राहरुको उपस्थितिमा उक्त संवाद कार्यक्रम सम्पन्न भएको हो । बाल अधिकार र मानब बेचबिखन सम्बन्धि सवालहरु प्रष्ट पार्दै उक्त कार्यक्रम अब २ वटा वडा र नगरपालिका सबैलाई लक्षित गरि गर्ने बताउदै स्वइच्छा पौडेलले कार्यक्रमलाई कुशलताका साथ सञ्चालन गर्नुभयो ।