साउन ३२, काठमाडाैं : दक्षिणकाली नगरपालिका-५, फर्पिङका एक पुरूषकाे काेराेना पुष्टि भएकाे ८ दिनपछि पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।
गत साउन २३ काे पीसीआर रिपाेर्ट अनुसार ती पुरूषमा काेराेना पुष्टि भएकाे थियाे । सेल्फ आइसाेलेसनमा रहेका उनकाे गत शुक्रबार पुनः पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट काेराेना परीक्षण गरिएकाे थियाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा हिजाे(शनिबार)काे रिपाेर्ट अनुसार ती पुरूषकाे काेराेना नेगेटिभ देखिएकाे हाे ।
श्राेतका अनुसार उनकाे परिवारकाे पीसीआर रिपाेर्ट पनि नेगेटिभ आएकाे छ ।
स्वास्थ्य विज्ञहरुका अनुसार पीसीआर रिपाेर्ट लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
ती पुरुषकाे साउन ३१ मा पहिलाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे हाे ।