शेषनारायणमा विपी वाटिका स्थापना गरेर विपी कोइरालाको सम्झना

ताजा अपडेट समाचार

काठमाडाैं । दक्षिणकाली नगरपालिका-५, शेषनारायणमा विपी वाटिका वृत्त स्थापना भएकाे छ ।

विपी कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा आज वृक्षाराेपण कार्यक्रम मार्फत विपी वाटिका वृत्तकाे औपचारिक उद्घाटन गरिएकाे हाे ।

वृक्षाराेपण कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित काठमाडाैं क्षेत्र नं १० बाट प्रतिनिधिसभामा सांसद समेत रहनु भएका पूर्व युवा तथा खेलकुद मन्त्री केसीले अब दक्षिणकाली क्षेत्रलाई जैविक विविधताका रुपमा विकास गर्नुपर्नेमा जाेड दिनुभएकाे छ  ।

पूर्व युवा तथा खेलकुद मन्त्री तथा सांसद राजन केसी

पूर्वमन्त्री केसीले बाँझाे जमीनकाे सदुपयाेग गर्दै रुख र वन पैदावारबाट स्थानीयरुपमा राेजगारी सिर्जना गराउने र जनताकाे आय आर्जन बढाउने तर्फ सबै लाग्नुपर्ने बताउनुभयाे । उक्त कार्यमा जुट्न जनप्रतिनिधिहरुलाई सांसद केसीले आग्रह गर्नुभयाे ।

वृक्षाराेपण कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रजातन्त्र स्थापनामा विपीकाे भूमिकाकाे प्रशंसा गर्नुभयाे ।

मुलुककाे विकासका लागि विपीकाे विचार देश विकासकाे लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाे उहाँकाे भनाइ छ  ।

वृक्षरोपण कार्यक्रममा विपी काेइराला स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजेन्द्र पराजुलीले दक्षिणकाली नगरपालिकामा वृक्षरोपण मार्फत सुरु भएकाे विपी वाटिका वृत्त, शेषनारायण र स्थानीय नेतृत्वले थालेकाे अभियानले स्वर्गीय जननेता काेइरालालाई सच्चा सम्मान मिलेकाे बताउनुभयाे ।

विपी काेइराला स्मृति प्रतिष्ठानका सिईओ राजेन्द्र पराजुली

कार्यक्रममा बागमती प्रदेशका सांसद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख माेहन बस्नेत, उपप्रमुख बसन्ती डंगाेल तामाङ, वडा नं ५ प्रमुख श्याम बहादुर खत्री, स्थानीय जनप्रतिनिधि र सुभेच्छुकहरूकाे उपस्थिति रहेकाे थियाे ।

विपी वाटिका वृत्त स्थापना र वृक्षाराेपण कार्यक्रमका केही तस्वीरः