काठमाडाैं । शनिबार काठमाडाैंकाे दक्षिणकाली नगरपालिका-३, भञ्ज्याङमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस तरुण दलको दक्षिणकाली नगर समितिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती, जननेता गणेशमान सिंहको २३ औं स्मृति दिवस तथा संबिधान दिबस-२०७७को अवसरमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका संयोजक बद्री कार्कीले जानकारी दिनुभयाे ।
नेपाल रेडक्रस साेसाइटी, फर्पिङ शाखाकाे पाविधिक सहयाेगमा सम्पन्न कार्यक्रममा ८८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सांसद पुकार महर्जनकाे विशेष उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथिकाे रुपमा दक्षिणकाली नगरपालिकाका मेयर माेहन बस्नेत, उप-मेयर बसन्ती डंगाेल तामाङ लगायत तरुण दलका शिर्ष नेताहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।