देशभर थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ डिस्चार्ज

ताजा अपडेट स्वास्थ्य

काठमाडौं । काठमाडाैं उपत्यकामा ८१७ जना सहित नेपालभर थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ३५१ जनामा काेराेना पुष्टि भएकाे जानकारी दिनुभएको हो ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । जसमध्ये ५४ हजार ६ सय ४० जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यस्तै, थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।