नगरपालिका, लायन्स क्लब र संघसंस्थाको पहलमा आइसाेलेसन वार्ड सञ्चालनमा, यि नम्बरमा सम्पर्क गर्नुस्

ताजा अपडेट स्वास्थ्य

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा रहेकाे चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः काेभिड जेनरल आइसाेलेसन वार्ड सञ्चालनमा आएकाे छ ।

काेराेनाकाे दाेश्राे लहर फैलिँदै गएकाे र नगरपालिका क्षेत्रमा समेत काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि चाल्नाखेलमा काेभिड आइसाेलेसन वार्ड सञ्चालनमा आएकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकालीले  दक्षिणकाली नगरपालिका  र विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र पहलमा  काेभिड जेनरल आइसाेलेसन वार्ड सुरु भएकाे जानकारी दिएकाे छ ।

गतवर्ष पनि काेराेनाकाे पहिलाे लहर जारी रहँदा चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई काेभिड विशेष आइसाेलेसन केन्द्र बनाइएकाे थियाे ।

लायन्स क्लबले काेभिड आइसाेलेसनकाे आवश्यकता परेमा साथै थप जानकारी तथा सहयोगको लागी निम्न नम्बर हरुमा सम्पर्क गर्न आग्रह गरेकाे छ ।

१ . लायन सुन्दर कुमार आचार्य – 9851079191
२ .लायन राधा कृष्ण श्रेष्ठ – 9841224270
३.लायन मनोज प्रधान – 9813613353
४.लायन नरेश श्रेष्ठ – 9851033935
५ .लायन मनोज कर्माचार्य – 9841279482
६ .लायन बिरेन्द्र कुमार बलामी – 9841406209
७ .लायन दिनेश आचार्य – 9841850004
८. लायन प्रमोद कुमार पौडेल – 9851042208
९ . लियो प्रकाश बिश – 9851195078

1 thought on “नगरपालिका, लायन्स क्लब र संघसंस्थाको पहलमा आइसाेलेसन वार्ड सञ्चालनमा, यि नम्बरमा सम्पर्क गर्नुस्

Comments are closed.