Dakshinkali Municipality Office Building

दक्षिणकाली नगरपालिकामा थप १६ जनामा काेराेना पुष्टि, कुन वडामा कति ?(सूची सहित)

ताजा अपडेट स्वास्थ्य

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार ९ जना पुरुष र ७ जना महिला गरि १६ जनामा संक्रमण देखिएकाे हाे । याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ५३ पुगेकाे छ । जसमध्ये महिला १७ जना र पुरुष १६ जना छन् ।

नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ४५ जना होम आइसोलेसनमा छन् भने अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत रहेकाे जानकारी दिनुभयाे ।

काेराेनाबाट १ जना जनप्रतिनिधि र २ जना महिला स्वास्थ्यकर्मी समेत संक्रमित बनेका छन् ।

दक्षिणकाली नगरपालिकामा काेराेनाकाे दाेश्राे लहरमा संक्रमित १ जना पुरुषकाे मृत्यु भएकाे विवरणमा उल्लेख छ भने  पछिल्लाे २४ घण्टामा १ जनाकाेराेना संक्रमण मुक्त भएका छन् ।

कुन वडामा कति छन् संक्रमित ?