काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा ११ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार ७ जना पुरुष र ४ जना महिला गरि ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
याे सँगै नगरपालिका क्षेत्रमा हालसम्म काेराेनाकाे दाेश्राे लहरमा संक्रमित हुनेकाे संख्या ७५ पुगेकाे छ । जसमध्ये महिला २६ जना र पुरुष ४९ जना छन् ।
नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ६६ जना होम आइसोलेसनमा छन् भने अस्पतालको आइसोलेसनमा ९ जना उपचाररत रहेकाे जानकारी दिनुभयाे ।
हालससम्म काेराेनाबाट १ जना जनप्रतिनिधि र २ जना महिला स्वास्थ्यकर्मी समेत संक्रमित बनेका छन् ।
दक्षिणकाली नगरपालिकामा अहिलेसम्म काेराेना संक्रमित २ जनाकाे मृत्यु भएकाे विवरणमा उल्लेख छ ।
कुन वडामा कति छन् संक्रमित, कति निकाे ?