सीता अक्सिजन उद्योगलाई काेराेना अवधिभर निःशुल्क पानी : दक्षिणकाली नगरपालिका(निर्णय सहित)

ताजा अपडेट समाचार

काठमाडौं । दक्षिणकाली नगरपालिकामा रहेकाे सीता अक्सिजन उद्योगलाई आवश्यक पानी काेराेना प्रभाव अवधिभर नगरपालिकाले निःशुल्क उपलब्ध गर्ने भएकाे छ ।

अक्सिजन उत्पादन गर्दै आएकाे सीता प्रोडक्ट प्रा.लिद्वारा सञ्चालित सीता अक्सिजन उद्योगलाई हाल थप अक्सिजन उत्पादनका लागि पानीकाे अभाव भएकाे जानकारी आएसँगै नगरपालिकाले आवश्यक पानीको व्यवस्थापन गर्ने भएको हाे ।

“पानी अभाव भएका कारणले अक्सिजन उत्पादनमा ह्रास आएको भन्ने जानकारी आएकोले दक्षिणकाली नगरपालिका र चाल्नाखेल खानेपानी उपभोक्ता समितिको बैठकले काेभिड प्रभाव अबधिभर आवश्यक पानी वडा नं १ मा रहेकाे सीता अक्सिजन उद्योगलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरियो।”, उपभोक्ता समितिका एक सदस्यले भन्नुभयाे ।

कोरोना संक्रमणकाे दाेश्राे लहर देशभर बढिरहेकाे अवस्थामा अक्सिजनको माग पनि बढेसँगै अक्सिजन उत्पादनमा पानीको खपत ज्यादा हुने भएकाले उद्याेगकाे अनुराेधमा  दक्षिणकाली नगरपालिका, वडा नं. १ र चाल्नाखेल खानेपानी उपभोक्ता समितिको सहकार्यमा पानीको व्यवस्थापन गर्ने निर्णय भएकाे हाे ।

पानीकाे व्यवस्थापन भएसँगै अक्सिजन उत्पादन र कोरोना माहामारी रोकथाम, नियन्त्रण तथा अक्सिजनकाे सहज उपलब्धताकाे लागि उल्लेख्य सहयोग पुग्ने नगरपालिकाले जनाएकाे छ ।

यस्ताे छ निर्णयः