काठमाडाैं । दक्षिणकाली नगरपालिकामा काेराेना संक्रमितकाे संख्या ९४ पुगेकाे छ । संक्रमितहरूमध्ये महिला ३९ जना छन् भने पुरुष ५५ जना रहेका छन् ।
पछिल्लाे २४ घण्टामा भने १९ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी दैनिक प्रतिवेदन अनुसार १३ जना महिला र ६ जना पुरुष गरि १९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ८२ जना होम आइसोलेसनमा छन् भने अस्पतालको आइसोलेसनमा १२ जना उपचाररत रहेकाे जानकारी दिनुभयाे ।
हालससम्म काेराेनाबाट १ जना जनप्रतिनिधि र ३ जना महिला स्वास्थ्यकर्मी समेत संक्रमित बनेका छन् ।
दक्षिणकाली नगरपालिकामा अहिलेसम्म काेराेना संक्रमित २ जनाकाे मृत्यु भएकाे विवरणमा उल्लेख छ ।
यस्तै, अहिलेसम्म ४ जना काेराेना संक्रमणमुक्त भइसकेका छन् ।
कुन वडामा कति छन् संक्रमित, कति निकाे ?