दक्षिणकालीमा काेराेना संक्रमित दिनानुदिन बढ्दै, आज एकैदिन २३ जना थपिए (विवरण)

ताजा अपडेट समाचार स्वास्थ्य

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै २३ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरूमध्ये महिला ७ जना छन् भने पुरुष १६ जना रहेका छन् ।

याेसँगै नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या १३० पुगेकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखाद्वारा जारी अद्यावधिक विवरण अनुसार ५२ जना महिला र ७८ जना पुरुष गरि अहिलेसम्म १३० जना काेराेनाबाट संक्रमित बनेका हुन् ।

नगरपालिकाका काेभिड फाेकल पर्सन महेश कुमार उपाध्यायले संक्रमितमध्ये हाल ११७ जना होम आइसोलेसनमै र अस्पतालको आइसोलेसनमा १३ जना उपचाररत रहेकाे जानकारी दिनुभएकाे छ ।

दक्षिणकाली नगरपालिकामा अहिलेसम्म काेराेना संक्रमित ३ जनाकाे मृत्यु भएकाे विवरणमा उल्लेख छ ।

यस्तै, अहिलेसम्म ५  जनाले काेराेनालाई जितेका छन् ।

कुन वडामा कति छन् संक्रमित, कति निकाे ?