काठमाण्डौं । भक्तपुर नगरपालिकाले कुहिने फाेहाेरबाट मल उत्पादन गरेकाे छ ।
नगरपालिकामा दैनिक उत्पादन हुने कुहिने फाेहाेरबाट कम्पाेष्ट मल उत्पादन गरेकाे हाे ।
नगरपालिकाले घरदैलोबाट सङ्कलन गरेकाे कुहिने फाेहरलाई सिएनबीएम प्रविधीबाट कम्पाेष्ट मल उत्पादन गरेकाे भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका प्रमुख दिलिप सुवालले बताए ।
उनले जापानी प्रविधि ताकाेजाई विधि अपनाएर कम्पाेष्ट मल उत्पादनसँगै बिक्री समेत थालिएकाे बताए । `नगरपालिकाले कुहिने फाेहाेर संकलन गरि त्यसमा भुस, ढुटाे, राताेमाटाे र स्याउला मिलाएर कम्पाेष्ट मल उत्पादन थालेकाे छ´ , उनले भने ।
उनले साे प्रविधिबाट उत्पादन भएकाे मल प्रति किलाे बीस रूपैयाँमा बिक्री समेत गरिने बताए ।
नगरपालिकामा अहिले कुहिने र नकुहिने गरी दैनिक ३० टन फाेहाेर उत्पादन हुने गरेकाे छ । त्यसमध्ये १५ सयदेखि २ हजार किलाे कुहिने फाेहाेरलाई प्रशाेधन गरि मल बनाउन थालिएकाे उनकाे भनाइ छ ।
उक्त मल किसानका लागि उपयोगी भएकाे उनले बताए ।
साभारः भक्तपुर टाईमस्