ईसिडी शिक्षकका लागि बाल सुधार विद्यालयमा ४ दिने तालिम सुरू

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग शिक्षा

दक्षिणकाली नगरपालिकास्थित बाल सुधार आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिम सञ्चालन भएकाे छ । काठमाडौ विश्वविद्यालय अन्तर्गत पाेष्ट ग्रेजुएट डिप्लाेमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो-लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा तालिमकाे आयाेजना गरिएकाे हाे ।

 

तालिमकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख आतिथि एवं दक्षिणकाली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक कार्यपालिका सदस्य प्रकाश विशुन्केले विधालय सुधारकाे मुख्य सुत्र नै बाल विकास शिक्षाकाे आधुनिकिकरण र प्राथमिकता रहेकाे बताउनुभयाे । उहाँले शिक्षा नै समाज परिवर्तनको मूल आधार रहेकोको कुरा उल्लेख गर्दै तालिमकाे पूर्ण सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । तालिमकाे पहिलाे दिन विभिन्न सामुदायिक र संस्थागत विधालयका बाल विकास शिक्षामा काम गर्दै आउनुभएका २३ जनाकाे उपस्थिति रहेकाे थियाे ।

तालिममा काठमाडौ विश्वविद्यालय अन्तर्गत पाेष्ट ग्रेजुएट डिप्लाेमाका ४ विद्यार्थीहरु प्रशिक्षककाे रूपमा रहेका छन् । प्रारम्भिक बाल विकासकाे क्षेत्रमा काम गर्दै आउनुभएका युवा समाजसेवी राेशन वश्यालले तालिमकाे संयाेजन गरिरहनुभएकाे छ । वश्याल विगत लामाे समयदेखि सम्पूर्ण नेपाल संस्थामा कार्यालय प्रमुखकाे रूपमा कार्यरत हुनुहुन्छ । बाल सुधार आधारभुत विद्यालयकाे प्रधानाध्यापक विजेता खनालले ४ दिने तालिमले विद्यालयमा सिकाइमा नयाँ थपिने र शिक्षक शिक्षिकामा बालबालिकालाई पढाउने सवालमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयाे । तालिम असार ३२ सम्म चल्नेछ ।