दक्षिणकालीमा शंकास्पद दुई शव फेला, अनुसन्धान जारी

अन्य ताजा अपडेट ब्रेकिंग

काठमाडौं । दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित पुरानो दक्षिणकाली मन्दिर नजिकको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन बाँकी छ ।
उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।