cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

ताजा अपडेट नगर गतिविधि ब्रेकिंग वडा नं ३ समाचार स्वास्थ्य

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ बजे देखी झन्णै ३ घण्टा सम्म सञ्चालन भएको थियो ।


आफ्नो ठाउँ आफै सफा गरौ भन्ने उद्दे श्य सहित जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय फर्पिङको टोली, विद्यार्थी र स्थानीय श्रम अभियानमा सक्रियतापुर्वक सहभागी भएका थिए ।

वडा नं ३ का अध्यक्ष प्रचण्ड मान सिंह बस्नेतले श्रम अभियानमा जोडिएका सम्पुर्णलाई धन्यवाद दिनुभयो ।