Post Page

उपलब्ध सेवाको सहि सदुपयोग गर्नुहोस् ।

काठमाडौं । दक्षिणकाली नगरपालीका वडा नं – ५  पुर्ब शितल हलमा बिगत ४ बर्षदेखी दक्षिणकाली फलफूल तथा तरकारी बजार  सञ्चालनमा रहेको छ । यस दक्षिणकाली फलफुल तथा तरकारी बजारले अन्य तरकारी पसल भन्दा तुलनात्मक रुपमा छुट र सस्तोमा फलफुल, तरकारि, मासु लगाएत प्लास्टिक, कागजको अन्य किरानाको सामानहरु पनि सर्भ सुलभ रुपमा उपलब्ध गराउदै आएको छ […]

बाकीं....

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने […]

बाकीं....

‘आधुनिक कृषि प्रविधिमा जोड दिनुपर्ने’

वागमती।   वागमती प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको उत्पादकत्व बढाउन आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आज हेटौँडामा आयोजित खाद्य स्वच्छतासम्बन्धी उपभोक्ता सचेतना एकदिने गोष्ठी कार्यक्रमको आज उद्घाटन गर्दे उहाँले बेरोजगारी हटाउनका लागि कृषि उत्पादकत्व बढाउन र खाद्यान्नमा आत्मनिर्भर गराउन […]

बाकीं....

थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १ हजार ५०३ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा २१२९ सहित देशभर ३ हजार ५ सय ५६ जनामा काेराेना पुष्टि जानकारी दिनुभयो । यो सँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । जसमध्ये […]

बाकीं....

अब एक हजारमै कोरोना परीक्षण

काठमाडौं । नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैयाँ तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी गराउँदै गाइड लाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय […]

बाकीं....

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

लहान। एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पप्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य […]

बाकीं....

नहरमा डुबेर एकको मृत्यु

लहान । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ । घर नजीकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए । खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । […]

बाकीं....

खुलेन सुपथ मूल्य पसल

बागलुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय […]

बाकीं....

आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो। यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । काठमाडौँ उपत्यकामा ३०० […]

बाकीं....

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको हाे । यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको बताइएकाे छ […]

बाकीं....