राष्ट्रिय सहकारी दिवसका दिन अन्तरकृया एवं चियापान कार्यक्रम हुने

अर्थ व्यापार आगामी कार्यक्रमहरु ताजा अपडेट

राष्ट्रिय सहकारी दिवसका दिन अन्तरकृया एवं चियापान कार्यक्रम हुने 

चैत्र १३,  काठमाडौं । फ्ल्यास् खबर

६२ औं राष्ट्रिय सहकारी दिवस मिति २०७५ चैत्र २० गते बुधवारका दिन दक्षिणकाली नगरपालिका वडा नं. ८, छैमलेमा रहेको छैमले रिर्सोटमा सम्पन्न हुन गई रहेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा दक्षिण क्षेत्रीय सहकारी समन्वय समितिले दक्षिणकाली नगरपालिकाका सबै जनप्रतिनिधिहरु, सहकारी संस्थाका अध्यक्षहरु, सरोकारवाला निकायहरु, समाजसेवी एवं बुद्धिजीवीहरु र विभिन्न संध-संस्था एंव मिडियाहरुको सहभागीतामा दक्षिणकाली नगरपालिका सहकारीहरुको महत्त्व त्यसको प्रभावकारीता विषयक अन्तरक्रिया एवं चियापान कार्यक्रमको आयोजन गरी यस वर्षको राष्ट्रिय सहकारी दिवस पृथक तरिकाले मनाउन लागिएको कुरा उक्त समन्वय समितिका अध्यक्ष वीरेन्द्र कुमार बलामीले बताउनु भएको छ । काठमाडौं जिल्लाको दक्षिण भेगमा रहेको ६५ वटा सहकारीहरुबीच समन्वय एवं सदभाब कायम गराउन आज भन्दा चार वर्ष अगाडी दक्षिण क्षेत्रीय समन्वय समिति बिधिवत रुपमा स्थापना गरिएको हो । यस समिति मार्फत यहाँ रहेका सहकारीहरु मिलेर विभिन्न कार्यक्रमहरु अभियानको रुपमा संचालन गरी रहेका छन् ।