दक्षिणकाली । २०८० चैत्र १८ गते आईतबार , नेपाल युएस अल्मनाइ नेटवर्क नुसान र शिखरापुर क्याम्पसको संयुक्त आयोजनामा महिलाहरूको ऐतिहासिक महिना मार्च अन्तर्राष्ट्रिय नारी दिवस २०२४ का सन्दर्भमा एक प्यानल छलफल सम्पन्न भएको छ।
नुसान अमेरिकी सरकारको सहयोगमा नेपालबाट विविध क्षेत्रमा समाजमा अब्बल सावित भएका युवाहरुलाइ विविध कार्यक्रममा अमेरिकामा अबलोकन, तालिम तथा सिकाइ प्रदान गर्न पठाउने र त्यसपश्चात फर्कीएका अलम्नाइहरुको सञ्जाल हो । हाल नेपालमा ४ हजार भन्दा बढी अलम्नाइ रहेका छन् । शिखरापुर क्याम्पसका दक्षिणकाली नगरपालिकाको एकमात्र स्नातक तहको शैक्षिक सस्था जुन नियमित अध्यापनसँगसँगै विविध सामाजिक गतिविधि गर्दै आएको छ ।
दक्षिणकाली नगरपालिका प्रमुख उपप्रमुख बसन्ती डंगोल तामाङ, नेपाल हकी संघकी महासचिव तथा महिला उद्यमी सुवर्ण श्रेष्ठ, पद्मकन्या क्याम्पस सामाजिक कार्य विभाग प्रमुख तथा सोसियल वर्कर्स एसोसिएसन नेपालकी अध्यक्ष सुकृता राई तथा ईलाका प्रहरी कार्यालय, फर्पिङ् प्रमुख इन्स्पेक्टर ज्ञानमञ्जरी शर्मा उक्त प्यानलमा वक्ताका रुपमा उपपस्थित हुनुभएका थियो ।
आफ्ना जीवनका विविध उत्प्रेरक कथाहरू भन्ने, चुनौतीका कथाहरू सुनाउने तथा सफलताका कथाहरुबाट सहभागीहरुलाई उत्प्रेरित गराउने साथै महिलाहरुले पनि आआफ्नो स्थानबाट उल्लेख्य प्रगति गर्न सक्छ र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ भन्ने सन्देश आजको बहसले दिन खोजिएको हो। कार्यक्रममा शिखरापुर सामुदायिक सिकाई केन्द्रकी सचिव निशा बिसुन्केले स्वागत मन्तव्य दिनुभएको थियो भने नेपाल युएस अल्मनाई नेटवर्क की अध्यक्ष प्रविना श्रेष्ठ अमात्यले आफ्नो संस्थागत भनाइ राख्नुभएको थियो। शिखरापुर क्याम्पसका प्रमुख निरोज श्रेष्ठले कार्यक्रममा पाल्नुभएका सबै वक्ताहरु तथा सहभागीहरुलाई कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो। प्यानल डिस्कसनको सहजकर्ताको रुपमा शिखरापुर खुला विद्यालयकी संयोजक ललिता लामिछानेले भूमिका निर्वाह गर्नुभएको थियो ।
महिलाहरूमा लगानी समुन्नत भविष्यको निर्माणको नारासहित विशेषगरी कार्यक्रमलाई सिकाई रूपान्तरणको चौतारीको रुपमा विकास गर्ने हेतु प्यानल डिस्कसनका सहजकर्ता लामिछानेले वक्ताहरूलाई विविध प्रश्नहरु प्रस्तुत गर्दै विषयवस्तुमा बहस गर्ने वातावरण बनाउनु भएको थियो । वक्ताहरुले आआफ्नो जीवनका कथाहरु, आफू आजरो सफल स्थानसम्म आउन गर्नुभएका पहलकदमीहरु, नेतृत्वदायी भूमिकामा रहँदा आइपरेका चुनौतीहरु र आगामी दिनमा रहेका योजनाहरूको बारेमा बताउनुभएको थियो । प्रश्न-उत्तर र बहसका माध्यमबाट सहभागीहरुलाई अनि आआफ्नो क्षेत्रमा उल्लेख्य काम गरी सफल हुन उत्प्रेरित गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्यामबहादुर केसीबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।