फर्पिङबाटै जापानको प्रकृया गरिरहेको वाकाबा एजुकेसन कनसल्टेन्सी
श्रावण १६, काठमाण्डौं । फ्ल्यास खबर
फर्पिङ नगरको पहिलो शैक्षिक परामर्श केन्द्र(Consultancy) वाकाबा एजुकेसन कनसल्टेन्सी प्रा.लि (Wakaba Ebucation Consultancy) विगत ४ वर्ष देखि दक्षिणकाली नगरपालिका–५ बसपार्कमा संचालित छ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस कनसल्टेन्सीको फर्पिङ शाखा हो । नेपाल सरकार शिक्षा मन्त्रालयबाट संचालनका लागि यो स्वीकृत प्राप्त छ । विशेषत : जापानमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि सम्पुर्ण प्रकृया साथै जापानी भाषाका कक्षाहरु यहाँ उपलब्ध रहेका छन् । जापानमै अध्ययन गरी फर्किएको अनुभवी स्थानीय व्यक्तिहरुबाट संचालित कनसल्टेन्सीमा उहाँहरुले नै भाषा पढाउने गर्नु भएको छ ।
‘कम लागतमै विद्यार्थीहरुको इच्छा अनुसारका सहरमा रहेका कलेजहरुमा छात्रवृतीमा समेत जान सकिने र जापान पुगेपछी पनि कामको खोजी लगायत अन्य कुरामा सहयोग गर्ने गरिएको’ कनसल्टेन्सीका प्रमुख विवेका दवाडीले वताउनुभयो । जापान अध्ययनका लागि यसै कनसल्टेन्सी मार्फत आवेदन (Apply) दिनुभएकी दक्षिणकाली न.पा — ५ की एलिसा खत्रीले ‘आफ्नै ठाउँबाट प्रकृया गर्न पाउँदा समयको वचत र सुरक्षित अनुभव गर्नुका साथै भाषा पनि सुधार हुदैं गएको’ भनि खुसी व्यक्त गर्नु भयो । यसै गरि जापानको नागोया सहरको कलेजमा २ वर्ष अगाडी यसै कनसल्टेन्सी मार्फत पुगेका दक्षिणकाली न.पा — ९ का सुवास के.सीले ‘यता आउनु अगाडी सबै प्रकृयाको वारेमा यर्थाथ जानकारी हासिल गरेको आइपुगे पश्चात् काम खोज्न र धेरै अवस्थाहरुमा आफुले सहयोग पाएको’ बताए । जापान आउनु भन्दा अगाडी भाषामा पोख्त भएर आउन उनले सुझाव पनि दिएको छन् । जापानको आगामी शैक्षिक सत्र(Intake) हरुमा जान चाहने विद्यार्थी, केयर गिभर (नर्सिङ) मा जाने नर्सका साथै जापानी भाषा सिक्न इच्छुक सबैका लागि कक्षाहरु सरु हुन लागेको जानकारी कनसल्टेन्सी व्यवस्थापक रमेश आचार्यले दिनुभयो ।