फर्पिङमा रहेको वास्तविक सरस्वती मन्दिरको पहिचान

ताजा अपडेट पर्यटन

फर्पिङमा रहेको वास्तविक सरस्वती मन्दिरको पहिचान

फागुन २६,  काठमाडौं । फ्ल्यास् खबर

फर्पिङ एक हिन्दु’ तथा बुद्धिष्ट धार्मिक, पौराणिक र पुरातात्विक क्षेत्र हो । जुन पूर्व मध्यकाल मै शिक्षाको केन्द्रको रुपमा प्रसिद्ध भएको देखिन्छ । श्री कुलचन्द्र लख गरेर सरस्वती देवीको स्थापना वि.सं १२४९ (ने.सं ३१२) मा ज्येष्ठ कृष्ण दशमीको दिन शरिश्चन्द्रका छोरा जेतचन्द्रले यो लोकमा भक्ति र परलोकमा मुक्तिको लागि गरेका हुन् । ज्यादै नै कलात्मक चतुर्भुज दायाँ हातमा अक्षयमाला, बायाँ हातमा पुस्तक अरु दुई हातमा विणा, कमलको आसनमा लालित आसन सरस्वती विद्या, ज्ञान, समृद्धि, कला र वक देवी हुन् । यस मूर्ति बिभिन्न काल खण्डमा शिर, पाउ र हात चोरी भएको थियो तर स्थानीयहरुको सक्रियतामा शिल्पकारलाई नै झिकाई चोरी भएका अङ्गहरुको निर्माण गर्न लगाएका थिए । मूर्तिका विभिन्न अङ्ग चोरी भई विदेश पुगेर फर्केको हाल छाउनी सङ्ग्रालयमा रहेको छ । यस मन्दिर परिसरमा गणेश, कन्केश्वर महादेब तथा सुन्दर कमल पोखरी अवस्थित छ । नेपालमा हाल सम्म पाईएको मिति सहितको सरस्वती मुर्तिहरुमा फर्पिङको यो मुर्ति पनि रहेको त्रिभुवन बिश्वबिद्यालयका विद्यार्थी किरण बस्नेतको अध्ययनवाट पत्ता लागेको छ । प्रतिमा लक्चन बिज्ञान अनुसार एक हातमा कमल अर्को हातमा बरद मुद्रा लिएकी देवीतारत हुन् तर प्रतिमा लक्चन बिज्ञान तथा उचित ज्ञानको कमिले गर्दा हामी सरस्वती गुम्बाको देवीतारालाई सरस्वती मान्दै आएको कुरा पनि किरण जी आफ्नो अध्ययनबाट बताउनुहुन्छ ।