छैमलेमा एकिकृत घुम्ती सेवा तथा बृहत स्वास्थ्य शिविर सम्पन्न :
फागुन २८, काठमाडौं । फ्ल्यास् खबर
दक्षिणकाली नगरपालिकाको आयोजनामा वडा नं. ८, छैमलेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद आचार्यको उपस्थितिमा ईलाका प्रशासन कार्यालय, फर्पिङबाट मिति २०७५ फागुन २७ गते, सोमबारका दिन ८ नं. वडा कार्यालय, देवीस्थानमा एकिकृत घुम्ती सेवा दिने उद्देश्यले नागरिकता बनाई स्थानीयलाई सेवा दिईएको छ । नगरपालिकाका विषयगत शाखाहरु मध्ये स्वास्थ्य शाखाले जेष्ठ नागरिक तथा वडावासीहरुको स्वास्थ्य परीक्षण गरी नि:शुल्क रुपमा औषधी वितरण, कृषि सेवा शाखाबाट कृषि सम्बन्धी सेवा तथा पशु सेवा शाखाबाट पशु सम्बन्धी सेवा समेत प्रदान गरिएको थियो ।
सो कार्यक्रममा सनराईज बैंक लिमिटेड, फर्पिङ शाखाबाट ८ नं. वडाका जेष्ठ नागरिक, विधवा, एकल महिला तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई बैंकका कर्मचारीहरुद्वारा घुम्ती टोलीमा नै भत्ता वितरण गरिएको हो । घरदैलोमा स्थानीय सरकारको प्रत्याभूति दिने तथा घरदैलोमा नै प्रशासनीक तथा स्वास्थ्य सेवा दिने उद्देश्यले एकिकृत घुम्ती सेवा तथा बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो ।